News Desk
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग बनाउने निर्णय गरेको हो। आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र वरिष्ठ कानूनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।
गृहमन्त्री ओमप्रकाश शर्माका अनुसार आयोगलाई सम्पूर्ण घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ।
जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको आरोप लागेको थियो। उक्त घटनामा भीषण हत्या भएपछि भोलिपल्ट देशभर आक्रोशित प्रदर्शन, तोडफोड र आगजनी भएका थिए।