शिक्षा मन्त्रीको भनाइ : “म केवल जिम्मेवारी निर्वाहका लागि मन्त्री, सुविधा चाहिँदैन”
News Desk
Sep-23 , 2025 तारिख 11:09 बिहान

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले आफूलाई व्यावहारिक अर्थमा होइन, केवल जिम्मेवारी निर्वाहका लागि मात्र मन्त्री बनेको बताएका छन्। पद तथा गोपनीयताको सपथ लिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन्।

“म अनौपचारिक मन्त्री मात्र हुँ, व्यावहारिक मन्त्री होइन,” मन्त्रीले स्पष्ट पार्दै भने, “यो पदमा जिम्मेवारी पुरा गर्ने उद्देश्यले आएको हुँ।” उनले मन्त्रालयमा बस्ने, काम गर्ने र आवश्यक परे त्यही सुत्ने पनि तयारी रहेको उल्लेख गर्दै सेवा–सुविधा भने नचाहिने बताए।

“मलाई सुविधा केही चाहिँदैन, मन्त्रालयभित्रै काम गर्छु, बस्छु, किचन त पक्कै होला,” उनले हाँस्दै प्रतिक्रिया दिएका छन्।