स्वास्थ्य म​न्त्रीमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदन कुमार पियाको नाम​ च​र्चामा
News Desk
Sep-24 , 2025 तारिख 01:22 बिहान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा भइरहेको मन्त्रिपरिषद विस्तारका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन योग्य नेतृत्वको खाँचो परेको छ। यसै सन्दर्भमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा। मदन कुमार पिया सम्भावित स्वास्थ्य मन्त्रीका रुपमा चर्चामा आएका छन।

डा। पिया नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त अन्कोलोजिस्ट (क्यान्सर विशेषज्ञ) हुन। उनले लामो समयदेखि क्यान्सर उपचार, अनुसन्धान र जनचेतनामूलक अभियानमार्फत स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएका छन। उनी सार्क फेडेरेसन अफ अन्कोलोजिस्टका संरक्षक समेत रहेका छन्, जसले उनको अन्तर्राष्ट्रिय भूमिकालाई पनि प्रष्ट्याउँछ।

उनको योगदान केवल चिकित्साशास्त्रमा मात्र सीमित छैन। समाजसेवा, ग्रामीण स्वास्थ्य सेवा विस्तार, क्यान्सर रोकथामका कार्यक्रम, तथा स्वास्थ्य शिक्षामा पनि उनले सक्रिय सहभागिता जनाउँदै आएका छन। यसकारण, डा। पियाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हो भने मन्त्रालयलाई नीति निर्माणदेखि कार्यान्वयनसम्म प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्कीले अब केही दिनभित्रै तीन जना मन्त्री थप गर्ने तयारी गरिरहेकी छिन। यस क्रममा स्वास्थ्य मन्त्रालयका लागि डा। पियाको नाम अगाडि आएको हो। राजनीतिक वृत्तका साथै जेन–जी आन्दोलनका अगुवाहरू, चिकित्सक समुदाय र आम जनताले समेत उनको नेतृत्व क्षमता, अनुभव र प्रतिष्ठा मन्त्रालयको लागि उपयुक्त हुने तर्क गरेका छन।

विशेषज्ञहरूको भनाइमा, डा। पियाको नेतृत्वमा स्वास्थ्य सेवामा नवीनतम प्रविधि र नीति लागू हुने, उपचार प्रणाली अझ जनमुखी र पारदर्शी बन्ने, साथै ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार हुने सम्भावना छ। विशेषगरी क्यान्सरलगायत दीर्घरोग उपचार, निःशुल्क औषधि वितरण, सार्वजनिक अस्पताल सुधार र स्वास्थ्य पूर्वाधारमा लगानी बढाउने दिशा उनले अघि सार्ने अपेक्षा गरिएको छ।

यदि डा। पिया मन्त्री बन्ने हो भने, यो स्वास्थ्य मन्त्रालयको लागि मात्र नभई नेपालकै सम्पूर्ण स्वास्थ्य नीतिमा महत्वपूर्ण मोड आउने विश्लेषकहरूको भनाइ छ।