नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म पुग्दा सबै कुरा हल हुनेछ :प्रचण्ड
News Desk
Sep-25 , 2025 तारिख 12:06 बेलुका

काठमाडौं | नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनसँगै पार्टीमा नेतृत्व परिवर्तन हुने संकेत गरेका छन्।

बुधबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले नेतृत्व हस्तान्तरणको विषयमा पार्टीभित्र छलफल चलिरहेको स्विकार गरे। उनका अनुसार, महाधिवेशनसम्म पुग्दा नेतृत्व परिवर्तनबारे अन्तिम निष्कर्षमा पुगिनेछ।

गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि राजनीतिक दलका पुराना नेताले पद छोड्नुपर्ने माग तीव्र बनेको थियो। सोही दबाब पार्टीभित्र पनि बढ्दै गएपछि प्रचण्डले खुला रुपमा नेतृत्व परिवर्तनको चर्चा गरेका हुन्।

प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा लामो समय नेतृत्व सम्हालेका दाहालले अब नेतृत्व हस्तान्तरण अपरिहार्य भएको स्वीकार गरेका छन्। उनले भने, “नेतृत्व परिवर्तनबारे छलफल भइरहेको छ, महाधिवेशनसम्म पुग्दा सबै कुरा हल हुनेछ।”

बुधबारको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कमिटीको एजेन्डा तय गर्ने उद्देश्यले बसेको थियो।