News Desk
काठमाडौं | प्रधानमन्त्री सुशीला कार्कीले चाँडै राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनले सम्बोधनका विषयवस्तु तय गर्न मन्त्रिपरिषद्का सदस्य र विज्ञहरूसँग अनौपचारिक छलफल सुरु गरेकी छिन्।
स्रोतका अनुसार पछिल्लो राजनीतिक परिस्थिति र आगामी निर्वाचनका विषय सम्बोधनको मुख्य एजेन्डा हुनेछन्। सम्बोधनमार्फत उनले निर्वाचन प्रक्रियालाई सफल बनाउन सरकारको भूमिका स्पष्ट गर्ने अपेक्षा गरिएको छ।
सम्बोधनको मिति अहिलेसम्म निश्चित नभए पनि बिहीबार नै प्रसारण हुने सम्भावना रहेको स्रोतले दाबी गरेको छ।