“अनावश्यक कल र मेसेज नगर्नु” : शिक्षामन्त्री पुन
News Desk
Sep-25 , 2025 तारिख 12:30 बेलुका

काठमाडौं | शिक्षामन्त्री महावीर पुनले केही दिनका लागि अनावश्यक कल र मेसेज नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अस्तीदेखि मोबाईल, मेसेन्जर र ह्वाट्सअपमा हजारौँ कल तथा सन्देश आइरहेको बताउँदै त्यसले आफ्नो कार्यव्यस्ततामा बाधा पुर्‍याइरहेको उल्लेख गरे।

उनका अनुसार हाल मन्त्रालयमा एक सक्षम र सिर्जनशील टोली गठन गर्ने प्रक्रियामा उनी व्यस्त रहेका छन्। सो कारण आवश्यकताबाहेक अन्य फोन र सन्देश नगर्न सबैसँग आग्रह गरेका हुन्।

मन्त्री पुनले भने, “म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्नुहोस् र मेसेज नपठाउनुहोस्।”