काठमाडौं महानगरद्धारा आमाछोदिङ्मो गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
News Desk
Sep-25 , 2025 तारिख 08:50 बेलुका

काठमाडौं।  काठमाडौँ महानगरपालिकाले आमाछोदिङ्मो  गाउँपालिका अन्तर्गत  गतलाङ स्वास्थ्य चौकीलाई  एम्बुलेन्स हस्तान्तरण गरेको छ।

काठमाडौँ महानगरले  बिहीबार आमाछोदिङ्मो गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले  आमाछोदिङ्मो गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बुझ्नु भएको छ ।

गाउँपालिकालाई प्राप्त भएको एम्बुलेन्स  गतलाङ स्वास्थ्य चौकीमार्फत सञ्चालन हुने छ । काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सले पालिकावासीलाई राहत पुग्ने   अध्यक्ष  तामाङको भनाइ छ ।