News Desk
संरक्षणकर्मी सन्तोष भट्टराईको टोलीले मकवानपुर र सिन्धुलीमा छेपारोका दुई नयाँ प्रजाति फेला पारेका छन्। मकवानपुरगढीमा भेटिएको प्रजातिलाई ‘मकवानपुरगढी वेन्ट–टोड गेक्को’ र सिन्धुलीको चुरे क्षेत्रमा भेटिएकोलाई ‘चुरे वेन्ट–टोड गेक्को’ नाम दिइएको छ।
भट्टराईको टोलीले २०२४ को जुन–जुलाईमा फेला पारेको यो प्रजाति विश्वमै पहिलो पटक प्रमाणित भई हालै अन्तर्राष्ट्रिय जर्नल Zookeys मा प्रकाशित भएको हो।
नेपालमा अब वेन्ट–टोड गेक्कोका सात प्रजाति पुगेका छन्, जसमा पाँच भट्टराईकै टोलीले खोजी गरेका हुन्। यी छेपारो किरा–फट्याङ्ग्रा खाने भएकाले प्राकृतिक सन्तुलन र कृषिमा सहयोग पुर्याउँछन्।