News Desk
भारतको जोगवनी बजारमा दुई समुदायबीचको विवाद चर्किएर दंगा भड्किने आशंका बढेपछि नेपाल–भारत सीमा क्षेत्र कडा निगरानीमा राखिएको छ। मोरङको विराटनगरस्थित रानी नाकामा सुरक्षाकर्मीको उपस्थिति बढाइएकाले आवत–जावत कडाइ गरिएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ। शुक्रबार बिहानदेखि जोगवनीमा दुई समुदायबीच झडप सुरु भएको जानकारी पाएपछि सुरक्षाका दृष्टिले सीमा नाका बन्द गरिएको उनले बताए।