जेन–जी विद्रोहको उपलब्धि रक्षा गर्न राप्रपा युवाहरूको मौन प्रदर्शन
News Desk
Sep-28 , 2025 तारिख 12:01 बेलुका

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का युवा नेताहरूले शनिबार काठमाडौंको माइतीघर मण्डलामा सांकेतिक मौन प्रदर्शन गर्दै जेन–जी विद्रोहलाई उपलब्धिविहीन बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले क्रान्तिको मूल भावना र शहीदहरूको बलिदानलाई उपेक्षा नगर्न सरकार र सरोकारवालाहरूलाई चेतावनी दिएका छन्। उनीहरूले आन्दोलनका क्रममा मानवअधिकार उल्लङ्घन गर्ने र दमनमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाहीमा ल्याउन ढिलासुस्ती भएको भन्दै असन्तोष प्रकट गरे।

राप्रपाकी केन्द्रीय सदस्य खुस्बु ओलीले क्रान्तिको मार्गबाट विचलित भएर अन्तरिम सरकार अघि बढ्न खोजेकाले ध्यानाकर्षण गराउनका लागि मौन प्रदर्शन गरिएको बताइन्। उनले जेन–जी विद्रोहका बलिदानीहरूको योगदानलाई सम्मान गर्दै उपलब्धि रक्षा गर्नु सबैको जिम्मेवारी रहेको उल्लेख गरिन्।