चङ्खेलीमा नदीमा हामफालेर दुई जना बेपत्ता, खोजी कार्य जारी
News Desk
Sep-28 , 2025 तारिख 12:05 बेलुका

हुम्लाको चङ्खेली गाउँपालिकामा नदीमा हामफालेर दुई जना बेपत्ता भएका छन्। शनिबार बिहान सामाजिक सञ्जाल ‘फेसबुक’मा स्टाटस लेख्दै आत्महत्या गर्ने उद्देश्यले उनीहरूले नदीमा हामफालेको आशंका गरिएको छ।

बेपत्ता हुनेहरूमा चङ्खेली गाउँपालिका–४ का ३२ वर्षीय हंस बुढा र २८ वर्षीय कर्मा बोहोरा रहेका छन्। बुढा गाउँपालिकाको शिक्षा शाखामा कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहेको जनाइएको छ।

प्रहरी सहायक निरीक्षक शंकर पोखरेलका अनुसार स्थानीय बासिन्दाले नदीमा हामफालेको खबर दिएपछि पिप्लाङ प्रहरी चौकीको टोलीले तत्काल खोजी कार्य सुरु गरेको हो। तर, समाचार तयार पार्दासम्म उनीहरूलाई भेट्न नसकिएको र खोजी जारी रहेको प्रहरीले जनाएको छ।

स्थानीयवासी र सुरक्षाकर्मीहरू संयुक्त रूपमा खोजीमा खटिएका छन् भने घटनाको कारणबारे अनुसन्धान अघि बढाइरहेको प्रहरीको भनाइ छ।