News Desk
शिक्षा मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका विषयमा भिसी, रजिस्ट्रार, रेक्टर र डीनहरूसँग विशेष छलफल गरेका छन्। उनले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक उपायबारे जिज्ञासा राख्दै उच्च पदस्थ शैक्षिक नेतृत्वसँग विचार साटासाट गरेका थिए।
छलफलका क्रममा विश्वविद्यालयका भिसीहरूले राजनीतिमुक्त वातावरण स्थापना नगरेसम्म विश्वविद्यालयमा गुणस्तरीय सुधार सम्भव नहुने स्पष्ट धारणा व्यक्त गरेका थिए। मन्त्री पुनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “मैले सोधें– विश्वविद्यालयलाई कसरी अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालयमा रूपान्तरण गर्न सकिन्छ? जवाफमा भिसी र टोलीले भने– विश्वविद्यालयलाई राजनीतिमुक्त नगरेसम्म यो लक्ष्य हासिल गर्न कठिन हुनेछ।”
मन्त्री पुनले भिसीहरूलाई दसैंपछि विश्वविद्यालय सुधारका ठोस योजना र सुझावसहित प्रस्तुत हुन निर्देशन पनि दिएका छन्।