प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा खनाल नियुक्त
News Desk
Sep-29 , 2025 तारिख 12:23 बेलुका

प्रधानमन्त्री सुशीला कार्कीले अजयभद्र खनाललाई आफ्नो मुख्य सल्लाहकार नियुक्त गरेका छन्।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले खनाललाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका रूपमा नियुक्त गरिएको बताए।

यससँगै प्रधानमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकारका रूपमा गोविन्द नारायण तिमल्सिनालाई पनि जिम्मेवारी दिइएको छ।