कान्तिपुर टेलिभिजनमा नयाँ नेतृत्वको रूपमा रूपेश श्रेष्ठलाई निमित्त समाचार प्रमुखको जिम्मेवारी दिइएको छ। समाचार प्रमुख विजय पौडेलले राजीनामा दिएपछि प्रबन्ध निर्देशक सम्भव सिरोहियाले श्रेष्ठलाई यो जिम्मेवारी सुम्पनुभएको हो।
श्रेष्ठ यसअघि नायब समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो। दुई दशकभन्दा लामो पत्रकारिता अनुभव भएका उहाँले कान्तिपुर टेलिभिजन मात्र होइन, अन्य प्रतिष्ठित सञ्चारमाध्यमहरूमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन्। पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका श्रेष्ठ चर्चित टेलिभिजन कार्यक्रम ‘फायरसाइड’का प्रस्तोता पनि हुनुहुन्छ।
राजीनामा दिएका पूर्व समाचार प्रमुख विजय पौडेलले आफ्नो कार्यकालमा प्राप्त सहयोग र समर्थनका लागि सहकर्मी तथा दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रबन्ध निर्देशक सिरोहियाले पौडेलको योगदानको प्रशंसा गर्दै कान्तिपुर टेलिभिजनलाई नयाँ उचाइमा पुर्याउन श्रेष्ठको नेतृत्वले थप प्रगति गर्ने विश्वास व्यक्त गर्नुभएको छ।