सात जना सहसचिवहरूको सरुवा
News Desk
Oct-07 , 2025 तारिख 11:58 बिहान

गत असोज १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सात जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ।

यस निर्णयअनुसार प्रशासन सेवाका रुद्रसिंह तामाङलाई ऊर्जा मन्त्रालय पठाइएको छ भने शम्भुप्रसाद मरासिनीलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ। त्यस्तै, गजेन्द्रकुमार ठाकुरलाई अर्थ मन्त्रालय, जीवलाल भुसाललाई कृषि मन्त्रालय र छविन्द्र पराजुलीलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जिम्मेवारी दिइएको छ।