News Desk
सामाजिक सञ्जालमा हाल ‘Arrest KP Oli’ अभियान सुरु गरिएको छ।
जेनजी आन्दोलनका अगुवाहरूले भदौ २३ गतेको आन्दोलनमा भएको दमन र युवा विद्यार्थीमाथि भएको हिंसाका जिम्मेवार भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न मागसहित यो अभियान चलाएका हुन्।
अभियानमा संलग्न अगुवा रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छिन्, “अधिकार माग्न निहत्था सडकमा उत्रिएका विद्यार्थीहरूलाई गोली चलाउने आदेश दिनेहरूलाई सजाय दिनुपर्छ। मधेश विद्रोहको समयमा युवाको मृत्युलाई ‘दुई–चार कुहिएका आँप झरेका हुन्’ भन्ने अभिव्यक्ति दिने र जेनजी आन्दोलनका निहत्था विद्यार्थीमाथि गोली चलाउन आदेश दिने व्यक्ति आज पनि हास्यास्पद चुट्किला सुनाएर निर्दोष बनेर बसिरहेको छ। हत्याराहरूलाई कानुनी दायरामा ल्याइनुपर्छ।”
जेनजी अगुवाहरूले यस अभियानमार्फत तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेका छन्।