महेश बस्नेतविरुद्ध दायर रिटमा आज पक्राउ पूर्जी जारी नगरी थप प्रमाण पेस गर्न आदेश
News Desk
Oct-08 तारिख 06:17 बिहान

काठमाडौँ जिल्ला अदालतले नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध दायर रिटमा पक्राउ पूर्जी जारी नगरी थप प्रमाण पेस गर्न आदेश दिएको छ।

बस्नेतलाई पक्राउ गर्नुपर्ने मागसहित दर्ता गरिएको निवेदनमा तत्काल निर्णय नलिँदै अदालतले थप प्रमाण आवश्यक ठहर गरेको हो।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलवार सो आदेश जारी गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

शोभा पाठकले बस्नेतमाथि जबरजस्ती करणी र अपहरणलगायत आरोपमा अनुसन्धान अघि बढाउनुपर्ने मागसहित रिट निवेदन दर्ता गराएकी थिइन्।

धेरै पढिएको