आइसिसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले आज समूह चरणको अन्तिम खेलका रूपमा जापानसँग खेल्दैछ । नेपाल र जापान बीचको खेल अल अमिरत क्रिकेट स्टेडियममा सवा चार बजे हुनेछ ।
नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो। समूह ‘बी’ अन्तर्गत भएको दोस्रो खेलमा जापानसँग पराजित हुँदा कुवेत भने समूह चरणबाटै बाहिरिएको छ । यससँगै नेपाल र जापानले सुपर सिक्समा स्थान बनाइसकेका छन् ।
आज नेपाल र जापानमध्ये विजेता टोली समूह विजेताका रूपमा सुपर सिक्स खेल्नेछ । ९ टिमलाई ३ समूहमा विभाजन गरीएको यस प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।