जेन–जी’ आन्दोलनको एक महिना बितिसक्दा पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा ठप्प
News Desk
Oct-13 , 2025 तारिख 11:45 बिहान

‘जेन–जी’ आन्दोलनको एक महिना बितिसक्दा पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सेवा ठप्प छ। भदौ २३ र २४ गतेको आन्दोलनमा यातायात व्यवस्था विभागमा आगजनी भएपछि नयाँ लाइसेन्स, नवीकरण र विदेश जानेका लागि तत्काल लाइसेन्स दिने सेवा रोकिएको हो।

विभागको ‘डेटा सेन्टर’ जलेर नष्ट हुँदा सम्पूर्ण अनलाइन प्रणाली बन्द भएको छ।  करिब १८ हजार स्मार्ट लाइसेन्स कार्ड जलेका छन् भने ३ हजार सुरक्षित भेटिएका छन्, जसको वितरण भइरहेको छ।

हाल डिजिटल चलान प्रणाली र अनलाइन सचेतना कक्षा पनि स्थगित छन्। ट्राफिक प्रहरीले बताएको छ : सर्भर पुनः सञ्चालन भएपछि मात्रै यी सेवा सुचारु हुनेछन्।

विभागका अनुसार तिहारपछि अस्थायी रूपमा सिंहदरबारभित्र रहेको एकीकृत डेटा केन्द्र (GIDC) मार्फत सेवा पुनः सुरु गरिनेछ। आगजनीले क्षति पुगेको कार्यालय मर्मत र नयाँ उपकरण खरिदको तयारी भइरहेको छ।