News Desk
हमासले आज इजरायललाई फिर्ता गर्न लागेको चार जना बन्धकको शवसूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समेत रहेको पुष्टि भएको छ। बीबीसीका अनुसार, हमासको सैन्य शाखाले सार्वजनिक गरेको सूचीमा विपिन जोशीको नाम स्पष्ट रूपमा समावेश गरिएको छ।
सम्झौता अनुसार, यी शवहरू सोमबार दिउँसो १२ बजे (स्थानीय समय) भित्र, अर्थात् नेपाली समय अनुसार बिहान करिब पौने ३ बजे सम्म इजरायललाई फिर्ता गरिनुपर्ने उल्लेख छ। इजरायली सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको युद्धविराम सम्झौताका विवरणअनुसार, हालसम्म करिब २८ जना बन्धक मृत अवस्थामा रहेको अनुमान गरिएको छ।
तर, उक्त सम्झौता अनुसार तोकिएको समयमा हमास र अन्य प्यालेस्टिनी समूहहरूले सबै शवहरू फेला पार्न नसक्ने सम्भावना पनि रहेको बीबीसीले जनाएको छ। यसले मृतक बन्धकहरूको पूर्ण फिर्तीमा ढिलाइ हुन सक्ने संकेत गरेको छ।