वाईसिएल नेपाल र अखिल (क्रान्तिकारी)द्वारा संयुक्त रुप​मा ७७ वटै जिल्लामा र काठमाडौं उपत्यकाको साइबर ब्युरोमा उजुरी दर्ता 
News Desk
Oct-15 तारिख 06:21 बेलुका

वाईसिएल नेपाल र अखिल (क्रान्तिकारी)ले संयुक्त रूपमा आज देशका ७७ वटै जिल्लामा र काठमाडौं उपत्यकाको साइबर ब्युरोमा उजुरी दर्ता गरेका छन्।

उजुरीमा उल्लेख गरिएको छ कि —
पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल तथा विभिन्न मिडिया माध्यममार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा संयोजक क. पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध “घर जलाइँदा अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो” भन्ने पूर्णतः झुटा, तथ्यहीन र कपोकल्पित प्रचार गरेका छन्।
आगो लगाउने बिरूद्द पनी कार्बही माग गरेको छ । हत्य गर्ने गोली हान्न आदेश दिने र प्रहरी मार्ने लाई पनी कार्बही गर्न माग गरेको छ।

उक्त आरोप राजनीतिक प्रतिशोधका कारण प्रेरित भई गरिएको भ्रमपूर्ण प्रचार भएको भन्दै प्रचण्डविरुद्ध लगाइएको आरोप पूर्ण रूपमा असत्य रहेको र त्यसलाई प्रमाणित गर्न सार्वजनिक चुनौती दिइएको छ।

उजुरीमा भनिएको छ —

“प्रमाणित नहुने झुटा आरोप लगाई जनतालाई भ्रमित पार्नु, पार्टी संगठन र नेतृत्व विरुद्ध चरित्रहत्या गर्नु तथा सर्वसाधारणलाई उत्तेजित गर्नु गम्भीर आपराधिक गतिविधि हो।”

त्यसैले, डिजिटल माध्यममार्फत गरिएको यस्तो गलत प्रचार–प्रसार साइबर अपराध अन्तर्गत पर्न आउने भएकाले सम्बन्धित व्यक्तिहरूमाथि कानुनी अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।

धेरै पढिएको