मधेस प्रदेशको मुख्यमन्त्रीमा लाेकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का जितेन्द्र सोनार नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६८ काे उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनारलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । यसअघि सतिश कुमार सिंह मधेस प्रदेशकाे मुख्यमन्त्री हुनुहन्थ्यो ।