ओसाका (जापान) | जापानको दोस्रो ठूलो सहर ओसाकामा रोटरी क्लब अफ हिमालयन पाटनका सन २०१७–२०१८ का पास्ट प्रेसिडेन्ट तथा हाल जापानमा रहनु भएका रोशन शाक्यज्यूको संयोजनमा रोटरी क्लब अफ हाशिमोटो, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट २६४० (२०२५–२०२६) का सचिव श्री त्सुजी तोशियुकी ज्यूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा रोटरी क्लब अफ कपनका पास्ट प्रेसिडेन्ट (२०१९–२०२०) डा। राजु लामा कोन्दन र रोटरी क्लब अफ कपनका २०२५–२०२६ का सचिव श्री दीपक चन्द्र गौतम ले अतिथि त्सुजी तोशियुकी ज्यूलाई स्वागत गर्नुभएको थियो।
भेटघाट कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। उक्त अवसरमा दुबै देशका क्लबबीच भावी सहकार्य, सांस्कृतिक आदानप्रदान तथा सेवा परियोजनामा सहकार्यका सम्भावनाबारे पनि छलफल भएको बताइएको छ।