ध्वनि प्रदूषण र अवैध परिमार्जन गर्ने ३०४ मोटरसाइकल नियन्त्रणमा
News Desk
Oct-17 तारिख 05:31 बिहान

काठमाडौं । नेपाल प्रहरीले ध्वनि प्रदूषण र स्वरूप परिवर्तन गरी समाजमा शान्ति–सुव्यवस्था खलल पार्ने ३०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट २०० वटा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट १०४ वटा मोटरसाइकल नियन्त्रणमा लीएका हुन।

प्रहरीका अनुसार ती सवारीसाधनहरूमा अवैध रूपमा पार्टपुर्जा फेरेर, इन्जिन वा साइलेंसर परिवर्तन गरी अत्यधिक आवाज निकाल्ने, र सडकमा अव्यवस्थित रूपमा गुडाउने गतिविधि देखिएका थिए। यस्ता कार्यले सार्वजनिक शान्ति भंग गर्ने र ध्वनि प्रदूषण बढाउने भएकाले नियन्त्रणमा लीएको नेपाल प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, पछिल्ला दिनमा युवामाझ मोटरसाइकलमा अवैध मोडिफिकेसन र रेसिङ प्रवृत्ति बढ्दो देखिएको छ। प्रहरीले यस्ता गतिविधिलाई रोक्न विशेष अनुगमन अभियान सञ्चालन गरेको बताएको छ।

कास्की प्रहरी प्रमुखका अनुसार, पोखरा र वरपरका क्षेत्रमा पनि यस्ता मोटरसाइकलहरूबाट सार्वजनिक सवारी सुरक्षामा जोखिम बढेको पाइएपछि कडा कारबाही थालिएको हो।

नेपाल प्रहरीले सवारी चालक र मालिकहरूलाई सडक नियम पालना गर्न, सवारीमा अनधिकृत परिवर्तन नगर्न र ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार, सवारी ऐन, २०७४ अनुसार यस्ता कार्य गैरकानुनी मानिने भएकाले दोषीहरूविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाइनेछ।

धेरै पढिएको