शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विभाज​न​ ग​र्ने त​यारीमा स​र​कार
News Desk
Oct-18 तारिख 06:27 बिहान • आज

 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान र प्रविधिलाई सरकारले छुट्याउने तयारी गरेको छ ।

विज्ञान र प्रविधिलाई थप प्राथमिकता दिने उद्देश्यले शिक्षा मन्त्रालयबाट अलग गराउने तयारी भएको हो । यसका लागि मन्त्रालयले छलफल सुरू गरेको छ । मन्त्री महावीर पुनले विश्वव्यापी माग र आवश्यकताअनुसार विज्ञान र प्रविधिलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउने र विकास गर्ने गरी प्राथमिकता दिनुपर्ने बताएपछि अलग मन्त्रालय बनाउन लागिएको हो ।

यसअघि पनि शिक्षा, विज्ञान र प्रविधि हेर्ने मन्त्रालयले एउटै हुँदा विज्ञान र प्रविधिले प्राथमिकता नपाएको गुनासो आउने गरेको थियो ।

धेरै पढिएको