राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस
News Desk
Oct-18 तारिख 06:37 बिहान • आज

 राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गर्नुभएको हो ।

यसैबीच आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

धेरै पढिएको