News Desk
काठमाडौं । प्रमुख नेपाली कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई दुष्प्रचार र कुसूचनाबाट नआत्तिन सुझाव दिएका छन्। बुधबार बालुवाटारमा भेट्दै उनीहरूले प्रधानमन्त्रीलाई भ्रष्टाचारविरुद्धको अभियान र आगामी निर्वाचनप्रति अडिग रहन आग्रह गरे।
अभिनेत्री ऋचा शर्माले भनिन्, “अन्धकारमा आमा जस्तै नेतृत्व लिनुभएकोमा हामी ढुक्क छौं।” अभिनेता निश्चल बस्नेतले थपे, “सही मार्गमा हुनुहुन्छ भने कसैसँग डराउनुपर्दैन।” संगीतकार कालीप्रसाद बाँस्कोटाले भड्काउने शक्तिबाट सचेत रहन सुझाए।
अन्त्यमा प्रधानमन्त्री कार्कीले भनिन्, “सही नियतले अघि बढ्दा आलोचना हुन्छ, तर हामी लक्ष्यमा अडिग छौं।” भेटमा ऋचा शर्मा, विपिन कार्की, निश्चल बस्नेत, विजय बराल, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा र कर्मा सहभागी थिए।