रोकिएर राखिएको यात्रुवाहक बसमा भीषण आगलागी
News Desk
Oct-23 , 2025 तारिख 12:22 बेलुका

महोत्तरीको जलेश्वर नगरपालिका-६ स्थित साहुजी पट्टि वडा कार्यालय नजिकै  दिउँसो साढे १२ बजे  रोकिएर राखिएको यात्रुवाहक बसमा भीषण आगलागी भएको छ।  प्रदेश ३-०१-००६ ख ०७४४ नम्बरको महोत्तरी टाइगर नाम गरेको बसमा आगलागी भएको हो।

घटनामा कुनै मानवीय क्षति नभए पनि बस पुर्णरूपमा जलेर नष्ट भएको हो । आगलागीको कारण हालसम्म खुल्न सकेको छैन भने घटनाको विषयमा थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएकाे छ ।