नेपाल प्रहरीले पाउँदैछ नयाँ नेतृत्व : २४ वर्ष पुरानो दुई टोलीबीचको प्रतिस्पर्धा अन्त्य हुँदै
News Desk
Oct-28 तारिख 07:29 बिहान • आज

दुई सातापछि नेपाल प्रहरीले नयाँ ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) पाउनेछ। तर यो पटकको नेतृत्व चयन केवल पद परिवर्तन मात्र होइन l दुई टोलीबीच २४ वर्षदेखि चलिरहेको वरिष्ठताको विवादको अन्त्य पनि हो।

आईजीपीको दौडमा हाल चार अतिरिक्त महानिरीक्षक (एआईजी) छन l दानबहादुर कार्की, राजन अधिकारी, डा। मनोज केसी, र सिद्धिविक्रम शाह। यीमध्ये एक जना अब दुई सातापछि प्रहरी नेतृत्वमा पुग्नेछन।

दुई ब्याचको पुरानो प्रतिस्पर्धा

नेपाल प्रहरीले सन २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली र २०५४ चैतमा प्रहरीमा भर्ना भएको अर्को टोलीबीच वरिष्ठता विवाद सुरु भएको थियो।
२०५३ को टोलीका प्रतिनिधि सिद्धिविक्रम शाहले आफूहरूलाई अनुसन्धान विभागमा भर्ना भएको मितिदेखि वरिष्ठता लागू हुनुपर्ने दाबी गर्दै आएका छन।
तर २०५४ ब्याचका दानबहादुर कार्की र उनका सहकर्मीहरू भन्छन  “हामी पहिले प्रहरी तालिम लिएर मैदानमा खटियौं, त्यसैले हामी वरिष्ठ।”

यो विवाद प्रत्येक बढुवामा दोहोरिँदै आएको हो l निरीक्षकदेखि डीएसपी, एसपी, एसएसपी हुँदै एआईजीसम्म। तर यो पटकको नियुक्तिसँगै, कसलाई अन्ततः वरिष्ठ मान्ने भन्ने प्रश्न स्थायी रूपमा टुंगिने सम्भावना बढेको छ।

राजनीति र बढुवाको खेल

२०७४ सालमा एसपी हुँदा शाहको टोली अघि थियो, तर २०८१ मा तत्कालीन गृहमन्त्री रवि लामिछाने र प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले बढुवाको क्रममा वरीयता उल्ट्याए। त्यसपछि कार्की, अधिकारी र केसीलाई डीआईजीमा बढुवा गरियो भने शाह पछि परे।
पछिल्लो सरकार आएपछि शाह एआईजीमा बढुवा भए, र अहिले चारैजना आईजीपीका प्रमुख प्रतिस्पर्धी बनेका छन।

संभावित नेतृत्व

हाल प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ अवकाशको तयारीमा छन। उनले गृहमन्त्रालयलाई नयाँ नेतृत्व समयमै नियुक्त गर्न सुझाव दिएका छन।
सरकारी स्रोतहरूका अनुसार, यदि वरीयता अनुसार बढुवा गरिएको खालमा निर्णय भयो भने दानबहादुर कार्की आईजीपी बन्ने सम्भावना अत्यधिक छ।

तर परिस्थिति फेरिएमा सिद्धिविक्रम शाह पनि बलियो दाबेदार हुन। शाह नेतृत्वमा आएमा २०८३ पुससम्म र कार्की नेतृत्वमा आएमा २०८४ चैतसम्म कार्यकाल रहनेछ।

गृहमन्त्रीको न्यून हस्तक्षेप

यो सरकारले प्रहरी प्रशासनमा राजनीतिक हस्तक्षेप न्यून राखेको छ। पछिल्ला सरुवाबढुवादेखि एआईजी बढुवासम्म सबै वरीयता र प्रक्रियाअनुसार भएका छन।
त्यसैले, यस पटकको आईजीपी चयन पनि व्यावसायिक र पारदर्शी हुने अपेक्षा गरिएको छ।

अन्तिम मोडमा निर्णायक क्षण

अहिले नेपाल प्रहरीमा जनपद तर्फका आठ एआईजीमध्ये पाँच जना शाहको ब्याचका र तीन जना कार्कीको ब्याचका छन।
यी दुई ब्याचबीचको प्रतिस्पर्धा अब केही सातामै अन्त्य हुनेछ l जसले प्रहरीको आगामी दशकको नेतृत्व तय गर्नेछ।