व्यापक भ्रष्टाचार, बेथिति भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको आरोपमा डा. पोखरेललाई  कारबाहीको चेतावनी
News Desk
Jun-21 , 2021 तारिख 06:32 बिहान

जेष्ठ ३१, २०७८ 

धरान-धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा। विष्णु पोखरेलले प्रतिष्ठान भित्र व्यापक भ्रष्टाचार, बेथिति भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको आरोपमा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले कारबाहीका लागि पत्र लेखेर चेतावनी दिएका पोखरेललाई कारबाहीको भागीदार हुन तयार रहन चेतावनी दिएका छन् ।

साताअघि प्रतिष्ठानका हाडजोर्नी विभागका एसोसिएट प्रोफेसर  डा। पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई उल्लेख गदै एक पोस्टर पोस्ट गरेका थिए । पोस्टमा लेखिएको छ, ‘बीपी स्वास्थ्य प्रतिष्ठानलाई ध्वस्त पार्ने, निजी मेडिकल कलेजलाई काखी च्याप्ने माफियालाई कारबाही गर्न अदुअआका प्रमुखलाई एसएमएस तथा फोन गरी दबाब दिऔं । बीपीकेआईएचएसमा भ्रष्टाचारले ज्यान लिने, अख्तियारले तामासा हेर्ने कहिलेसम्म ?

प्रतिष्ठानले भने सोही विषयलाई लिएर जेठ ३० गते डा। पोखरेललाई पत्र लेख्दै प्रतिष्ठानको नियमावलीविपरीत कार्य गरेको जनाएको छ । पत्रमा भनिएको छ, ‘बीपी प्रतिष्ठान नियमावली २०५५ को नियमावली १०।२६ बमोजिम आचारसंहिता विपरीत कार्य गरेको किन नभन्ने रु तपाईंलाई प्रतिष्ठानको सोही नियमावलीको नियम १०।७ बमोजिम कारबाही किन नगर्ने रु’ पत्रमा उपकुलपति गिरीको हस्ताक्षर रहेको छ ।

डा। पोखरेलले भने, ‘मैले पत्र पाएको छैन । तर पत्र पाउनुभन्दा अगाडि नै उपकुलपतिले मलाई कारबाही किन नगर्ने भनेर लेखेको पत्र सामाजिक सञ्जालबाट सार्वजनिक भएको थाहा पाएँ । आधिकारिक रूपमा पत्र पाइसकेपछि मेरो कुरा मिडियामा राख्छु ।’ उनले बीपी प्रतिष्ठान बिरामीको उपचार गर्ने, चिकित्साशास्त्र अध्ययन गर्ने र रोगव्याधिसम्बन्धी वैज्ञानिक खोज अनुसन्धान गर्ने विशुद्ध प्राज्ञिक स्थल भएकाले यस्ता स्वास्थ्य शैक्षिक क्षेत्रमा भ्रष्टाचार हुनु हुँदैन भन्ने मान्यताको आधारमा अख्तियारको ध्यानाकर्षण गराएको बताए ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा छापा मारेर लेखा शाखा, खरिद शाखा तथा मूल्यांकन शाखाबाट महत्त्वपूर्ण केही कागजपत्र नियन्त्रणमा लिएको छ । उक्त कागजपत्रबारे अख्तियारले सार्वजनिक गरेको छैन । प्रतिष्ठानमा बढ्दो भ्रष्टाचार र बेथिति अन्त्यका लागि गठन भएको धरान नागरिक दबाब सञ्जालले प्रतिष्ठानलाई एक साताको अल्टिमेटम दिएसँगै प्रतिष्ठानमा अख्तियारले छापा मारेको हो ।

आयोगको इटहरीस्थित कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वमा आएका टोलीले प्रतिष्ठानका विभिन्न विभागका पदाधिकारीहरूसँग सोधपुछसमेत गरेको बताइएको छ । प्रतिष्ठानसँग सम्बन्धित धेरै वटा विषयमा छानबिन भइरहेकाले अनुसन्धानका क्रममा अख्तियारका पदाधिकारी प्रतिष्ठान गएको बताइएको छ । अख्तियारले प्रतिष्ठानमा छापा मार्दा उपकुलपति गिरी भने काठमाडौंमा छन् ।