पाकिस्तान बलियो स्थितितर्फ अग्रसर
News Desk
Aug-15 , 2021 तारिख 10:11 बिहान

किंग्सटन — ३१ श्रावण २०७८  

किंग्सटन, पाकिस्तानले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शनिबार आफूलाई बलियो स्थितितर्फ अग्रसर गराएको छ । पाकिस्तानले आफ्नो दोस्रो इनिङ्समा पाँच विकेट गुमाएर १ सय ६० रन बनाएको छ ।

उसका लागि बाबर आजम ५४ र फाहिम असरफ १२ रन बनाएर खेलिरहेका छन् । पाकिस्तानलाई समग्रमा १ सय २४ रनको अग्रता प्राप्त छ । अब चौथो दिन उसले यो अग्रता बढाउने प्रयास गर्नेछ ।यसअघि वेस्ट इन्डिज आफ्नो पहिलो इनिङ्समा २ सय ५३ रन बनाएर अलआउट भएको थियो । 

 (कान्तिपुर दैनिक)