नेकपा एकिकृत समाजवादी काठमाडौ शंकरापुर नगर कमिटी गठन, गठन पुर्व ६०० मोटर साईकल र्याली
News Desk
Oct-30 , 2021 तारिख 10:14 बेलुका

सरोज थापा काठमाडौं - नेकपा एकिकृत समाजवादी काठमाडौ शंकरापुर नगर कमिटीको पार्टिका प्रभावशाली नेता तथा प्रमुख अतिथि मेट्मणी चौधरीको प्रमुख आतिथ्यतामा आज नगर कमिटी गठन र पार्टीको भातृ संगठन युवा संघको पनि गठन भएको छ । झण्डै ६०० हाराहारी मोटर साईकल र्याली ईन्द्रयणि देखि चापाबोटसम्मको यात्रा गर्दै नगर परिक्रमा पछि कार्यक्रम उदघाट्न भएको थियो ।

सोही अवसर माझ पार्टी कार्यलयको पनि प्रमुख अतिथी चौधरीले उदघाटन गरेका थिए । पुर्ण गठित नगर कमिटी साथै पार्टी कार्यलय उदघाटनमा उल्लेख्य जनसहभागिता भएको देखिन्थ्यो । सहभागी संख्या हेर्दा शंकरापुर नगरमा पार्टी फुटले माधव पक्षलाई कुनै असर नभएको भान हुन्थ्यो।