विमानस्थलको उद्धार तथा अग्नि निवारण संघमा नयाँ कार्यसमिति
News Desk
Nov-01 , 2021 तारिख 11:10 बिहान

काठमाडौँ — १५ कात्तिक २०७८

काठमाडौँ , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल उद्धार तथा अग्नि निवारण संघको १० औं महाधिवेशनले माधव खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चुनेको छ । 

सर्वसम्मतबाट उपाध्यक्षमा सुनिल चापागाईं, महासचिवमा नवराज भुसाल, सचिवमा मधुसूदन थापा, कोषाध्यक्षमा राजेन्द्र सापकोटा चुनिएका छन् । त्यस्तै सदस्यहरुमा सन्दीप गौतम, सुनिल गिरि, सोनी पाजु, सुरज नगरकोटी र रमाकाजी महर्जन चुनिएका छन् ।  

  ( कान्तिपुर दैनिक )