News Desk
काठमाडौं कार्तिक १५, लामो समयदेखि सामाजिक क्षेत्रमा अग्रणी संस्थाका रुपमा काम गर्दै आएको सिजन मिडियाले गत वर्ष जस्तै यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरुको कामको मुल्याङन र उहाहरुको कामलाई अझै हौसला प्रदान गर्ने उदेश्यले अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आगामी २०७८ साल मंसिरमा काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२१’ नामक सम्मान कार्यक्रम द्रोस्रो सस्करणको आयोजना गर्न लागेको सगौरव जानकारी गराउदछौँ ।
उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरुमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघ संस्था तथा समाजिक व्यक्तित्वलाई सम्मान गरिने छ । विशेष गरी कोभिड–१९ तथा वाढी पहिरो तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै निरन्तररुपमा सामाजिक सेवा भावले समाज रहेर सामाजिक सेवामा निरन्तर काम गर्नेलाई यसपटक पनि विशेष सम्मान गर्न लागिएको हो ।

विपदको समयमा सानोभन्दा सानो सहयोगले पनि ठूलो समुदायको जीवनरक्षा गर्न बल पुगेको हुन्छ । सामाजिक क्षेत्रमा उनीहरुले दिएको योगदानको शब्दमा समेत उतार्न असम्भव नै हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले सम्मान गरी उनीहरुको काम गर्ने सोच र सामाजिक दायित्वलाई बढावा दिन लागिएको छ । यस्तै सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील अन्य व्यक्तित्व तथा संस्थालाई समेत हामी यसपटक पनि सम्मान प्रदान गर्न गइरहेका छौँ । सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड गर्न लागिएको जानकारी दिए । ‘सबै नागरिकमा सामाजिक भावना जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं’ उनले भने, ‘यसले नयाँ पुस्तालाई पनि प्रेरणा दिनेछ ।’ उनले सम्मानका लागि संस्थाले विभिन्न मापदण्ड बनाएको र त्यसका आधारमा छनोट भएका व्यक्तित्वलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मानित गरिने छ । सधैँ जस्तै साथ र सहयोग प्रदान गर्दै आउनु भएका समाजिक व्यक्तित्व तथा हाम्रा मार्गदर्शकलाई पुनः हामी नमन गर्दै यस कार्यमा ययहाँहरुको साथ र सहयोग रहने समेत विश्वास व्यक्त गर्दर्छौ । सकारात्म्क सोच रार्खौ, सामाजिक दायित्व पूरा गरौँ र राम्रा काम गर्नेलाई प्रेरणा र हौसला प्रदान गरौँ ।
Online Form Link: https://bit.ly/3jWOncS
प्रदीपराज वन्त -९८५१०४४८३५