News Desk
पर्सा — प्रहरीले हुण्डी कारोबारको आरोपमा २० लाख रुपैयाँ नगदसहित एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा विश्रामपुगर गाउँपालिका –५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह छन् । उनलाई प्रहरीले वीरगन्ज –८ घण्टाघरस्थित सडकबाट सोमबार दिउँसो डेढ बजे पक्राउ गरेको हो ।
ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल चढी घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेका साहलाई रोकेर चेक गर्दा उनले बोकेको झोलामा श्रोत नखुलेको २० लाख रुपैयाँ भेटिएको थियो ।उक्त रकम बरामद गरी मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपप् ओमप्रकाश खनालले जानकारी दिए ।
( कान्तिपुर दैनिक )