News Desk
काठमाडौँ — सरकारले प्रदेश १, कर्णाली र सदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ । खापुङ जनता समाजवादी पार्टीको कोटाबाट नियुक्त भएका हुन् भने परियार माओवादी केन्द्रबाट । जोशी नेपाली कांग्रेसका पूर्व सांसद पनि हुन् ।
( कान्तिपुर दैनिक )