दराजले भव्य गाला लाइभ आयोजना गर्दै, दर्शकले टिभिएस रेडर जित्न सक्ने
News Desk
Nov-09 , 2021 तारिख 03:24 बेलुका

काठमाडौँ — ११.११ को पूर्वसन्ध्यामा दराजले भव्य गाला लाइभ आयोजना गर्ने भएको छ । ११ प्रख्यात सेलिब्रेटीसहित कार्यक्रम प्रस्तोताका रुपमा सुरज सिंह ठकुरी र माल्भिका सुब्बा रहने छन् ।  यस कार्यक्रममा नेस स्टुडियोको सांगीतिक प्रस्तुति, अन्तरक्रियात्मक खेलहरू राखिएको छ । त्यस्तै दराज प्रयोगकर्ताका लागि नयाँ टिभिएस रेडरलगायत राम्रा पुरस्कार जित्ने मौका छ । उक्त कार्यक्रम विशेष रूपमा दराज एपको नयाँ दराज लाइभ फिचर मार्फत नोभेम्बर १० मा प्रत्यक्ष प्रसारण हुनेछ ।

यसअघि दराजले भदौ २०७८ (सेप्टेम्बर २०२१)मा देशको पहिलो इन–एप सपिङ लाइभ स्ट्रिम दराज लाइभ संचालन गरेको थियो । नेपालमा अनलाइन किनमेललाई बढवा दिने उद्देश्यका साथ अलिबाबाको अनुभव, अन्तरदृष्टि र प्रविधिको सदुपयोग गर्दै दराज लाइभ प्रस्तुत हुने कम्पनीले जनाएको छ । ‘दराज लाइभमार्फत ग्राहक र बिक्रेताबीचको सम्बन्ध अझ मजबुत हुने आशा गर्दछौं’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।

( कान्तिपुर दैनिक )