News Desk
मकवानपुर — पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–११,नवलपुरमा ट्रक र बस ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार राति करिब १ बजे जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ८७६ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ –०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एकापसमा ठक्कर खाएर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका हुन् ।
दुर्घटनामा चन्द्रगिरी नगरपालिका–२, थानकोटका २९ वर्षीय सरोज परियार र करिब २५ वर्षीय दुई जना पुरुषको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार उनीहरुको उपचारको क्रममा मृत्यु भएको भए पनि मृतकको सनाखत अझै भएको छैन । घाइेत १५ जनाको हेटौंडा–११ स्थित चुरेहिलमा र बाँकी ३ जनाको सहकारी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । ट्रक चालक घाइते भएका छन् । उनीहरु प्रहरी निगरानीमा उपचार भइरहेको डीएसपी रिमालले बताए ।
( कान्तिपुर दैनिक )