News Desk
काठमाडौँ — नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई पदच्यूत गर्नुपर्ने बताएका छन् । बिहीबारको प्रदर्शनमा प्रहरी हस्तक्षेपछि सर्वोच्च अदालत परिसरमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले न्यायालय भ्रष्टाचारमा व्याप्त रहेको र त्यसको नेतृत्व प्रधानन्यायाधीश जबराले गरेको आरोप लगाएका हुन् ।
कात्तिक १४ गते शान्तिपूर्ण रूपमा प्रर्दशन गर्दै आए पनि प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप गराइएको श्रेष्ठले बताए । सर्वोच्च अदालतमा देखिएको भ्रष्टाचार, विसंगति र विकृतिको नेतृत्व प्रधानन्यायाधीशले नै गरेको आरोप लगाउँदै श्रेष्ठले भने, ‘हामीले यसअघि राजीनामा देउ भन्दै आएका थियौँ । अब पदच्युत गरौँ ।’
( कान्तिपुर दैनिक )