News Desk
काठमाडौँ — प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसियसनले शुक्रबार सर्वोच्च अदालतमा सम्पूर्ण इजलास बहिष्कार गर्ने भएका छन् । बिहीबारको प्रदर्शनमा उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेललगायत ६ जना अधिवक्ता घाइते भएका छन् ।
प्रहरीले आफूहरूको प्रदर्शनमा एक्कासि हस्तक्षेप गर्दै माइक खोसेको बारले जनाएको छ । शुक्रबार बन्दीप्रत्यक्षीकरणका मुद्दाका इजलास पनि बहिष्कार गरिने महासचिव पौडेलले जानकारी दिएका छन् । अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशविरुद्ध चर्का नाराबाजी गरेका छन् । अधिवक्ताहरूले अहिले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्नेलगायतका विभिन्न मागसहित नाराबाजी गरेका छन् ।
( कान्तिपुर दैनिक )