बारले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भनेपछि सुरक्षा बढाइयो
News Desk
Nov-12 , 2021 तारिख 11:16 बिहान

  

काठमाडौँ , अन्य दिनको तुलानामा शुक्रबार सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेपछि अदालत असापास सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको हो ।

बिहीबार अदालत परिसरमा बारको आगुवाईमा प्रदर्शन गर्दा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि बारले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना बस्ने र प्रधानन्यायाधीशलाई प्रवेश गर्न नदिने बताएको थियो । अहिले अदालत परिसर र बाहिर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ । अदालत परिसरभित्रै प्रदर्शन भएपछि बिहीबारदेखि सर्वोच्च परिसरमा सशस्त्र प्रहरी पनि सुरक्षाका लागि खटिएका छन् ।

( कान्तिपुर दैनिक )