सुपरिवेक्षक पुगेनन् घर–घरै
News Desk
Nov-12 , 2021 तारिख 12:30 बेलुका

खोटाङ — २६ कात्तिक २०७८  

खोटाङ , राष्ट्रिय जनगणनाका सुपरिवेक्षक घर–घरमा नपुगेको गुनासो आएका छन् । जिल्ला जनगणना कार्यालय खोटाङले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा त्यस्तो गुनासो आएको हो । दिक्तेल रुपाकोट मझुवागढी–१ दिक्तेलको माटिकोरे, वडा २ सोल्माको क्याम्पसटोल, वडा ११ खार्मीलगायतका ठाउँमा सुपरिवेक्षक नआई मनगणन्ते विवरण पेस गरेको पत्रकारहरूले औंल्याएका छन् ।

जिल्ला जनगणना अधिकारी जितबहादुर कोइरालाले केही ठाउँमा गलत भएको तर छुटेको विवरण समावेश गरिने बताए । ‘केही समस्या देखियो,’ कोइरालाले भने, ‘छुटेका घरको विवरण पनि समावेश हुन्छ ।’ जिल्लामा बिहीबारदेखि गणकमार्फत जनगणना सुरु भएको छ । जिल्लामा भदौ ३० देखि असोज १८ सम्म ७१ सुपरिवेक्षकले सूचीकरण गरेका र २ सय ९० गणक खटाइको जिल्ला जनगणना अधिकारी कोइरालाले सुनाए ।   

 ( कान्तिपुर दैनिक )