सर्वोच्च प्रांगणमै धर्ना
News Desk
Nov-14 , 2021 तारिख 11:34 बिहान

काठमाडौँ — २८ कात्तिक २०७८  

काठमाडौँ , प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले आइतबार सर्वोच्च अदालत प्रांगणमै धर्ना दिएको छ । गत शुक्रबार  सर्वोच्च परिसरमा कानुन व्यवसायीहरूलाई छिर्न नदिएपछि सर्वोच्चको मुख्य गेट अघि धर्ना दिएका थिए । सर्वोच्च परिसरमा छिर्न नदिएको भन्दै शुक्रबारको विरोधमा कानुन व्यापासायीहरूले आपत्ति जनाएका थिए ।

प्रहरीको अवरोध छिचोल्दै आइतबार भने नेपाल बारको प्रांगणबाट सर्वोच्च छिर्ने गेटबाट कानुन व्यवसायीहरू आइतबार सर्वोच्च परिसरमै धर्ना बसेका हुन् । सर्वोच्चको मुख्य भवन अगाडी नै कानुन व्यवसायीहरू धर्नामा छन् । सर्वोच्चको मुख्य गेट आइतबार पनि बन्द छ । धर्ना सुरु भएपछि कानुन व्यवासायीहरूको विरोधमा केही व्यक्तिहरू सर्वोच्चको मुख्य गेटबाट नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेर लगेको छ ।  

( कान्तिपुर दैनिक )