प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार पनि वकिलहरुको धर्ना
News Desk
Nov-14 , 2021 तारिख 11:43 बिहान

काठमाडौँ — २८ कात्तिक २०७८   

काठमाडौँ , प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार पनि वकिलहरुले प्रदर्शन गरेका छन् । आइतबार बिहान नेपाल बार एसोसिएसनको अगुवाईमा वकिलहरुले बारको केन्द्रीय कार्यालय अगाडि कालो पट्टि बाँधेर धर्ना दिइरहेका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बारले दुई सातादेखि धर्ना दिँदै आएको छ । बारले प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा आज पनि रोक लगाउने तयारी गरेको छ ।    

( कान्तिपुर दैनिक )