ओखलढुंगामा जिप दुर्घटना, मृतकको संख्या ४ जना पुग्यो
News Desk
Nov-15 , 2021 तारिख 01:09 बेलुका

ओखलढुंगा — २९ कात्तिक २०७८  

ओखलढुंगा , ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ काँडेभन्ज्याङ बुलडाँडामा आज बिहान साढे ७ बजेतिर जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । सुनकोशी गाउँपालिकाको च्यानमदेखि चम्पादेवी ककनी मन्दिरतर्फ गएको प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।सिद्धिचरण नगरपालिका १० कै शान्ता मगरको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । जिपमा १८ जना सवार थिए ।

गम्भीर घाइते ४ जना अञ्जु मगर, बुनुमाया मगर, रेजिना मगर (सिनपा–१०), सुमन बोगटी (सुनकोशी–७) लाई हेलिकेप्टरमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार सुरु भएको छ । ५ जना घाइतेलाई सामुदायिक अस्पतालमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । 

सुनकोशी गाउँपालिकाको च्यानमदेखि चम्पादेवी ककनी मन्दिरतर्फ गएको प्रदेश ३, ०१०२२ च ९६९४ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १० बेतेनीका ३५ वर्षीया मिठुमाया मगर, अन्दाजी १६ वर्षीया तुलसा मगर र उमेर नखुलेका खगेन्द्र मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले बताए ।

दुर्घटनामा परेर घाइते भएका १३ जनामध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भइरहेको डिएसपी काफ्लेले बताए । हेलिकप्टर काठमाडौंबाट उडिसकेको र केही मिनेटमै घटनास्थलमा अवतरण गर्ने उनले बताए ।    

( कान्तिपुर दैनिक )