प्रधानन्यायाधीशसँग वार्ता हुँदैन : बार अध्यक्ष श्रेष्ठ
News Desk
Nov-15 , 2021 तारिख 02:03 बेलुका

काठमाडौँ — नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ प्रधानन्यायाधीश जबराको राजीनामा आफूहरुको मुख्य सर्त रहेको बताउँदै विकृति, विसंगति र भ्रष्टाचारका पक्षपोषक प्रधानन्यायाधीश जबराबाट न्यायालयको गरिमा कायम हुन नसक्ने बताए । उनले आफूहरुको आन्दोलन न्यायालयको गरिमा कायम राख्‍नका लागि भएको बताए ।

'तपाईं राजीनामा दिएर न्यायपालिकाको गरिमा राख्नुहोस् । राजीनामा दिनुहोस्, ' अध्यक्ष श्रेष्ठले भने, ' प्रहरी हस्तक्षेप गरेर हाम्रा साथीहरुलाई घाइते बनाउने तपाईंसँग वार्ता हुन सक्दैन । तपाईंसँग वार्ता गर्नु भनेको विकृति, विसंगति र भ्रष्टाचारको झन् संरक्षण हुन्छ । न्यायपालिकाको गरिमा कायम हुँदैन ।' उनले जनतालाई न्याय दिलाउनुपर्ने प्रधानन्यायाधी शभ्रष्ट्राचारको पक्ष पोषकको रूपमा उभिएको पनि बताए । बारका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश जबरा विधिमा नचलेकाे बताए ।    

( कान्तिपुर दैनिक )