News Desk
पूर्वी नवलपरासी — १ मंसिर २०७८
पूर्वी नवलपरासी, देवचुली नगरपालिकामा एक लाख नगदसहित ५ जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरीका डीएसपी दिलिप गिरीका अनुसार देवचुली नगरपालिका १२ का होमराज गिरीको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएराति घेराबन्दी गरेर नगदसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
गत एक वर्षको अवधिमा पूर्वी नवलपरासीका विभिन्न स्थानबाट करिब २ सय जुवाडे पक्राउ परेका छन् ।
( कान्तिपुर दैनिक )