ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना पौष २३ मा मिडिया अवार्ड २०७८’हुदै
News Desk
Nov-18 , 2021 तारिख 11:19 बिहान

काठमाडौं — २ मंसिर २०७८    

काठमाडौं , नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ । ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको बुधबार राजधानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रम मार्फत औपचारिक घोषणा गरियो । नेपाल मिडिया अवार्ड २०७८’नाम दिइएको उक्त अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । ‘टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ, आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीले भने, ‘उल्लेखित विधा बाहेक भुगोलतर्फको सात प्रदेशबाट २,२ जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउनु हुने दुई विशिष्ठ सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ ।’

नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पुर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्ने आयोजकले बताएको छ । कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यो प्रकारको काममा महासंघ सहकार्य गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।पौष २३ मा आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना दिन वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, वरिष्ठ सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी,नेपाली फिल्म अभिनेता रमेश उप्रेती लगायत पत्रकारितासँग प्रतिनिधित्व गर्ने दर्जनबढि संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा प्रायोजक कम्पनि ‘ब्ल्याकहर्स सूज इन्डष्ट्रिज प्रा.लि. र जोय पपैया नेपालसँग आयोजकले प्रायोजन सम्झौता समेत गर्यो । आयोजकको तर्फबाट ड्रिम हाइ नेपालका प्रवन्ध निर्देशक जिसीले ब्ल्याक हर्स सूजका चीनबहादुर श्रेष्ठ र जोय पपैया नेपालका कन्ट्री म्यानेजर मदन रौनियारसँग सम्झौता आदान प्रदान गरेका थिए ।अवार्ड समारोहलाई निष्पक्ष र विवादरहित बनाउने मुल उद्देश्य रहेको भन्दै सञ्चारकर्मीहरुको श्रम सम्मानमा हुन लागेको यो प्रकारको कार्यक्रममा साथ सहयोग र सद्भावको अपेक्षा आयोजकले व्यक्त गरेको छ ।
 

‘नेपाल मिडिया अवार्ड २०७८’ का विधाहरुः

nepal media award 2078 categories

‘NEPAL MEDIA AWARD 2078’

ALL CATEGORIES:

Television

News category

Best Television Anchor/News Reader
Best News Channel
Best talk Show
Best Reporter

Non News Category

Best Program
Best Program Producer
Best Anchor/Program Presenter
Best Journalist Award (Human Stories)

Male
Female
Online Journalism

Best Online News Portal
Best Online on use of Multimedia
Best Comprehensive Online News Portal
Best Online Reporter
Radio/F M

Best Radio Station
Best Radio Jockey
Male

Female

Journalist Of The Year

Best opinion Writer
Best Photo Journalist
Best Cartoonist
Best Entertainment Journalist
Best Health Journalist
Best Political Journalist
Best Sports Journalist
Best Social Journalist
Best Economic Journalist