News Desk
काठमाडौँ — सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले विभिन्न बहानामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मान्यता दिने काम भए स्वीकार्य नहुने बताएका छन् । उनले प्रधानन्यायाधीश संलग्न सबै इजलास बारले बाहिष्कार गर्ने बताए । सर्वोच्च अदालत परिसरमा प्रहरीले कानुन व्यवसायीहरुमाथि गरेको दमनको भत्सर्ना गरेका छन् । उनले प्रधानन्यायाधीश जबरालाई 'अस्ताउँदै गरेको घाम'को संज्ञा दिँदै बारले कुनै पनि हालतमा मान्यता नदिने बताए । जबराबाट न्यायपालिका सञ्चालन हुन नसक्ने र बारले प्रधान्यायाधीशको रुपमा जबरालाई नचिन्ने पनि बताए ।
यस्तै, उनले आफूहरुको आन्दोलन 'ट्रेलर' मात्रै भएको बताउँदै 'फूल पिक्चर' बाँकी रहेको भन्दै प्रहरी दमनको विरोध गरे । नेपाल बारका ९० वटै इकाइबाट प्रधानन्यायाधीशविरूद्धको आन्दोलनमा सहभागी हुने आश्वासन भएको उल्लेख गर्दै कानुन व्यवसायीमाथिको दमनको विरोध गरे ।
( कान्तिपुर दैनिक )