News Desk
काठमाडौँ — जैसीदेवलसँगै विष्णुमती किनारभित्र रहेको नारायण मन्दिरस्थित १२ औं शताब्दीको सिर्जना मानिने काष्ठकला अमेरिकाको सिकागोस्थित एक निजी संग्रालयमा भेटिएको छ ।
सन् ८० को दशकमा हराएको मानिने पुरुष आकृतिको काष्ठकला सिकागोको प्रिज्कर कलेक्सनमा भेटिएको नेपाली हराएका/चोरिएका सम्पदाको खोजी अभियानमा संलग्न ‘अस्ट आर्टस् अफ नेपाल’ले जनाएको छ । काठमाडौं महानगरपालिका १२ नम्बर वार्डस्थित ह्युमत टोलमा रहेको मन्दिरबाट यो सम्पदा हराएको जानकारी भए पनि यसको खोजी हुन सकेको थिएन ।
( कान्तिपुर दैनिक )